सोमालियामा अल सेबाबका ९ लडाकू मारिए-Sutra News

सोमालियामा अल सेबाबका ९ लडाकू मारिए

बुधबार, २ असार २०७८

बुधबार, २ असार २०७८

मोगादिसु- सोमालियामा सेनाले गरेको कहारबाहीमा कम्तीमा पनि नौ जना सशस्त्र लडाकू मारिएका छन् । सैन्य अधिकारीहरुले दिएको जानकारीअनुसार सोमालियाको मध्य भागमा रहेको एक प्रान्तमा सेनाले गरेको कारबाहीमा परेर अल सेबाब विद्रोही समूहका नौ जना लडाकू मारिएका हुन् ।



सोमालियको मध्य प्रान्त साबेलेमा राष्ट्रिय सेनाले विद्रोहीका विरुद्धमा कारबाही गरेको थियो । सो कारबाहीमा परेर नौ जनाको ज्यान गएको छ भने अरु केही घाइते भएका छन् । सोमालियामा केही दिनमात्र अघि पनि नमाम भन्ने नगरमा भएको अर्का एक कारबाहीमा परेर १७ जना विद्रोही मारिएका थिए ।

ती क्षेत्रमा लामो समयदेखि अल सेबाबका लडाकूहरुले हतियार लुकाएर राखेका र हिंसात्मक गतिविधि गर्ने गरेको सूचना सेनाले पाएको जनाएको थियो । त्यस सूचनाका आधारमा सेनाले ती क्षेत्रमा केही दिनदेखि कारबाही पनि जारी राखेको थियो ।

मंगलबारको कारबाहीमा परेर अरु पनि कैयौँ विद्रोही मारिएको आशंका गरिएको छ । अरु कैयौँ घाइते पनि भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट