काठमाडौं- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बाढी र पहिरोको क्षतिबाट पाठ सिक्नुपर्ने बताएका छन् ।
मनसुन सक्रिय भएर देशभर भारी वर्षासँगै बाढी र पहिरोले जनधनको क्षति पुर्याइरहेको अवस्थामा डा.भट्टराईले यस्तो बताएका हुन् ।
सामाजिक सञ्जाल ट्वीटरमा डा.भट्टराईले भनेका छन्, ‘बर्षाको शुरूमै वाढीपहिरोको वितण्डा र जनधनको क्षतिबाट पाठ सिकौं । गल्ती नदोहोर्याऊॅ !’
जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष समेत रहेका उनले सुरक्षा, उद्धार, पुनर्स्थापना निम्ति संघ, प्रदेश र स्थानीय तहको संयोजनमा सम्पूर्ण शक्ति तत्काल परिचालन गर्नुपर्ने बताएका छन् ।
देशको हिमाल-पहाड-तराईको संवेदनशील भू-भौतिक संरचनालाई ध्यानदिंदै डोजरे विकास रोक्नुपर्ने पनि डा.भट्टराईको भनाइ छ ।