‘क्र्याक ब्यान्डेज’ ले घाँटीमा बाँधेर साथीको हत्या, हत्याको कारण के हो ?-Sutra News

‘क्र्याक ब्यान्डेज’ ले घाँटीमा बाँधेर साथीको हत्या, हत्याको कारण के हो ?

बिहिबार, ३ असार २०७८

बिहिबार, ३ असार २०७८

झापा- मेचीनगर नगरपालिका-५ अँधेरी निवासी ४० वर्षीय भीमराज लिम्बूको मंगलबार राति हत्या भएको छ । हत्या आरोपमा लिङ्देनकै साथी सोही स्थानका ५६ वर्षीय शुक्रराज लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।



आपसी झगडा हुँदा खुट्टामा बाँध्ने क्र्याक ब्यान्डेजले मृतकको घाँटीमा बाँधेर हत्या गरेको आरोपी शुक्रराजले प्रहरीसमक्ष स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले बताए ।

स्थानीय इटाभट्टा छेउमा क्र्याक ब्यान्डिजको कपडाले घाँटी बाँधिएको र मुखबाट रगत बगिरहेको अवस्थामा लिङ्देनको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

शव परीक्षणका लागि मेची अस्पताल लगिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट