काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ ।
जसपामा बहुमत पक्षको निर्णयलाई निर्वाचन आयोगले मान्यता नदिएपछि यादवपक्षीय बैठक बस्न लागेको हो । बैठक बिहीबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने छ ।
बैठकबाट वर्तमान राजनीतिक परिस्थितिको सन्दर्भमा विचार विमर्श गरी महत्त्वपूर्ण निर्णय लिइने बताइएको छ ।
सरकारमा सहभागी अध्यक्ष महन्थ ठाकुरसहित नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य शरतसिंह भण्डारी, अनिकुमार झा, राजकिशोर यादव, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण, चन्दा चौधरीलाई बैठकमा बोलाइएको छैन ।
उनीहरु पार्टीबाट निष्कासित भइसकेकाले बैठकमा नबोलाइको जसपा स्रोतले बताएको छ ।