वैदेशिक रोजगारीमा जाने कामदारलाई १० दिन होटल क्वारेन्टीन खर्च दिने सरकारको निर्णय-Sutra News

वैदेशिक रोजगारीमा जाने कामदारलाई १० दिन होटल क्वारेन्टीन खर्च दिने सरकारको निर्णय

बिहिबार, ३ असार २०७८

बिहिबार, ३ असार २०७८

काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारहरुलाई १० दिनको होटल क्वारेन्टीन खर्च उपलब्ध गराउने भएको छ ।



प्रधानमन्त्री एवम् समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार राति बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

त्यस्तै कोभिड-१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लक डाउन’ तर्फ जाने निर्णय गरेको छ ।

 अबको साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मूल्याङ्कन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराई केही क्षेत्र खुल्ला गरिनुपर्ने निष्कर्ष समितिले निकालेको जानकारी प्रधानमन्त्रीको निजी सचिवालयले दिएको छ ।

नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई ,जापान र मलेसिया जस्ता देशहरुमा हवाई उडान पुनः संचालन गर्ने निर्णय गरेको छ । यी देशहरुबाट सातामा दुई हजारजना यात्रुभन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन हुने छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट