सरकारले कुनकुन देशमा हवाई उडान सुरू गर्दैछ ?-Sutra News

सरकारले कुनकुन देशमा हवाई उडान सुरू गर्दैछ ?

बिहिबार, ३ असार २०७८

बिहिबार, ३ असार २०७८

काठमाडौँ । सरकारले धेरै नेपाली कामदार भएको देशमा हवाई उडान सुरु गर्ने भएको छ ।



प्रधानमन्त्री एवम् समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार राति बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई ,जापान र मलेसिया जस्ता देशहरुमा हवाई उडान पुनः संचालन हुनेछ ।

त्यस्तै वैदेशिक रोजगारीमा जाने कामदारहरुलाई १० दिनको होटल क्वारेन्टीन खर्च उपलब्ध गराउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट