एपोलो अस्पतालमा झलनाथ खनालको उपचार सुरू, स्वास्थ्य अवस्था सामान्य रहेको डाक्टरको भनाई-Sutra News

एपोलो अस्पतालमा झलनाथ खनालको उपचार सुरू, स्वास्थ्य अवस्था सामान्य रहेको डाक्टरको भनाई

बिहिबार, ३ असार २०७८

बिहिबार, ३ असार २०७८

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता झलनाथ खनालको भारतको एपोलो अस्पतालमा उपचार सुरु भएको छ । उनको स्वास्थ्य अवस्था जटिल नभएको डाक्टरहरुले बताएका छन् ।



स्वास्थ्यमा थप समस्या देखा परेपछि उनलाई हिजो बुधबार नै दिल्ली लगिएको थियो ।

दुई दिनअघि लगातार ज्वरो आएसँगै सास फेर्न गाह्रो भएपछि उनी नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । त्यसपछि नर्भिकको विशेष वार्डमा राखेर उनको उपचार भइरहेको थियो ।

ज्वरो उल्लेख्य घट्न नसकेको र पिसाब तथा रगतमा समेत इन्फेक्सन देखिएको नर्भिक अस्पतालले विज्ञप्ति मार्फत जानकारी दिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट