काठमाडौँ । निर्वाचन आयोगको निर्णयविपरित जनता समाजवादी पार्टी नेपाल (जसपा)को महन्थ ठाकुर पक्षले २० जना कार्यकारिणी समिति सदस्य थपेर सो नामावली निर्वाचन आयोगलाई बुझाएको छ । जेठ ३० गते आयोगले एकजना अध्यक्षले मात्र कसैलाई हटाउन वा कसैलाई राख्न नमिल्ने निर्णय गरेको थियो ।
कार्यकारिणी समिति सदस्यमा थपिएका २० जनामध्ये सबैजना महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका हुन् ।
थपिएका सदस्यहरुमा बाबुलाल साह, विजय गुप्ता, अर्जुन उप्रेती, अरविन्द साह, जयप्रकाश ठाकुर, उपेन्द्र महतो, मुकेश झा, शतरजित यादव, एकवाल मियाँ, रमेश पटेल, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, सन्तोष मेहता, डा.विजय सिंह, कृष्ण सिंह, परमेश्वर साह, अभिराम शर्मा, राजिव झा, सुरेश मण्डल र डा.सुरेन्द्र झा रहेका छन् ।
जसपामा पनि अहिले विवाद कायम रहेको छ । एक–अर्कालाई कारवाही गरेका पत्र निर्वाचन आयोगमा पठाएर दर्ता किताव अद्यावधिक गर्न माग गरेका जसपाका दुबै पक्षको निवेदनलाई आइतबार निर्वाचन आयोगले अस्वीकार गरेको थियो ।