काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रममा काँग्रेसको असन्तुष्टि, बैठक बहिष्कार-Sutra News

काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रममा काँग्रेसको असन्तुष्टि, बैठक बहिष्कार

बिहिबार, ३ असार २०७८

बिहिबार, ३ असार २०७८

काठमाडौँ महानगरपालिकाले प्रस्तुत गर्न लागेको नीति तथा कार्यक्रम काँग्रेसले बहिष्कार गरेको छ ।



महानगरपालिकाको नीति तथा कार्यक्रम कार्यपालिका बोर्डबाट पारित नगरी नगरपरिषद्‍मा लैजान खोजिएको भन्दै कांग्रेसबाट जनप्रतिनिधिले परिषद् बहिष्कार गरेका हुन् ।

परिषदमा एमालेको बहुमतका कारण एकलौटी रुपमा नीति तथा कार्यक्रम पारित गर्न खोजिएको काँग्रेस जनप्रतिनिधिको आरोप छ ।

महानगरको नगरपरिषद्को बैठक बिहीबार राष्ट्रियसभामा गर्ने तय भएको थियो ।

काँग्रेस जनप्रतिनिधिहरुले राखेको माग सम्बोधन नभएसम्म बैठकमा सहभागी नहुने उनीहरुको अडान छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट