मेलम्ची र हेलम्बुका बाढी पीडितलाई २ करोड रकम सहयोग गर्दै काठमाडौँ महानगर-Sutra News

मेलम्ची र हेलम्बुका बाढी पीडितलाई २ करोड रकम सहयोग गर्दै काठमाडौँ महानगर

बिहिबार, ३ असार २०७८

बिहिबार, ३ असार २०७८

अविरल वर्षाका कारण आएको बाढीपहिरोले प्रभावित भएका मेलम्ची र हेलम्बुका नागरिकहरुलाई काठमाडौँ  महानगरपालिकाले २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।



काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यले आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सो निर्णय गरेका हुन् । काठमाडौँलाई पानी दिएको भन्दै उनले यो सहयोग गर्न लागेको उनले बताएका छन् ।

बाढीपहिरोका कारण सिन्धुपाल्चोकमा धेरैले जनधनको क्षति व्यहोर्नुपरेको छ ।

महानगरले दिन लागेको २ करोड रकम भौतिक पूर्वाधार निर्माणमा खर्च हुनेछ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट