हेटौँडाबाट १४३ किलो गाँजासहित तीन पक्राउ-Sutra News

हेटौँडाबाट १४३ किलो गाँजासहित तीन पक्राउ

बिहिबार, ३ असार २०७८

बिहिबार, ३ असार २०७८

पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका–११ थाना भ¥याङस्थित सडकखण्डबाट १४३ किलो ३०० ग्राम लागुऔषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।



पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ सिगार्से बस्ने २८ वर्षीय सनकबहादुर तामाङ, सोही नगरपालिका वडा नं ८ का २४ वर्षीय सोमे तामाङ र मकवानपुरको राक्सिराङ गाउँपालिका–१ का १८ वर्षीय सविन तामाङ रहेका छन् ।

आज बिहान ३ः०० बजेको समयमा मनहरिबाट हेटौँडातर्फ आउँदै गरेको ना१ख ९९१० नंको कन्टेनर गाडीलाई रोकी जाँच गर्ने क्रममा लुकाइछिपाइ ल्याइएको उक्त परिणामको गाँजा बरामद भएपछि प्रहरीले गाडी चालक सनकबहादुर, सहचालक सोमे र सवार सविनलाई पक्राउ गरेको हो ।

उनीहरुलाई विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट