राहत कार्यक्रमलाई प्रभावकारी बनाउन विपक्षी दलहरुको माग [विज्ञप्तिसहित]-Sutra News

राहत कार्यक्रमलाई प्रभावकारी बनाउन विपक्षी दलहरुको माग [विज्ञप्तिसहित]

बिहिबार, ३ असार २०७८

बिहिबार, ३ असार २०७८

सरकारभन्दा बाहिर रहेका दलहरुले कोरोना प्रभावितका लागि राहत कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन् ।



बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमकल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले संयुक्त वक्तव्य जारी गर्दै राहत कार्यक्रमलाई प्रभावकारी बनाउन माग गरेका हुन् ।  

‘इमान्दारी, तदारुकता र पारदर्शीरुपमा राज्यका सम्बन्धित सबै निकाय तथा साधन र स्रोतको पूर्ण परिचालन गरी विपद् व्यवस्थापनको कार्यलाई अघि बढाउन आग्रह गर्दछौं । यस्तो गम्भीर प्राकृतिक विपत्तिको समयमा उद्धार र राहतका क्रियाकलापमा आ–आफ्ना स्थानबाट योगदान गरी पीडित जनसमुदायलाई सहयोग पु¥याउन सम्पूर्ण पार्टी कार्यकर्ता तथा संघसंस्थाहरुलाई हामी हार्दिक आह्वान गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।

हेर्नुहोस् विज्ञप्ति: 

संयुक्त प्रेस वक्तव्य

मितिः २०७८।३।३

मनसुन वर्षाको आरम्भमा नै देशका अधिकांश जिल्लाहरुमा बाढी र पहिरोको प्रकोप देखिएको छ । यसको कारण कतिपय मानिसहरुको ज्यान गएको छ भने अर्बौ रुपैयाँ बराबर भौतिक संरचना, अन्नबाली र पशुचौपाया नष्ट भएका छन् ।

फलस्वरुप कोरोना महामारीबाट आक्रान्त जनजीवन झनै कष्टकर बनेको छ । बाढी र पहिरोमा परि ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं । सरकार उक्त प्रकारको प्राकृतिक विपत्तिको सामना गर्ने कुनै पूर्व तयारी नगरी गैर जिम्मेवार रहेको देखिएको छ । बाढी, पहिरो र डुबानबाट जनताको सुरक्षा गर्न, पीडित जनता र विस्थापितहरुका लागि तत्काल आवास, खाद्यान्न, मृतकका परिवारलाई सहयोग, घाइतेहरुको उपचार लगायतका उद्धार र राहतका काम प्रभावकारी रुपमा अगाडि बढाउन हामी नेपाल सरकारसंग माग गर्दछौं ।

इमान्दारी, तदारुकता र पारदर्शीरुपमा राज्यका सम्बन्धित सबै निकाय तथा साधन र स्रोतको पूर्ण परिचालन गरी विपद् व्यवस्थापनको कार्यलाई अघि बढाउन आग्रह गर्दछौं । यस्तो गम्भीर प्राकृतिक विपत्तिको समयमा उद्धार र राहतका क्रियाकलापमा आ–आफ्ना स्थानबाट योगदान गरी पीडित जनसमुदायलाई सहयोग पु¥याउन सम्पूर्ण पार्टी कार्यकर्ता तथा संघसंस्थाहरुलाई हामी हार्दिक आह्वान गर्दछौं ।

शेरबहादुर देउवा, सभापति- नेपाली कांग्रेस

पुष्पकमल दाहाल ‘प्रचण्ड’, अध्यक्ष- नेकपा (माओवादी केन्द्र)

माधवकुमार नेपाल, वरिष्ठ नेता- नेकपा (एमाले) उ

पेन्द्र यादव, अध्यक्ष- जसपा,

नेपाल दुर्गा पौडेल, उपाध्यक्ष-राष्ट्रिय जनमोर्चा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट