प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको कारण उल्लेख गर्दै अदालतलाई जवाफ पठाएका छन् ।
अदालतले कारण देखाउ आदेश जारी गरेको एक हप्तापछि उनले जवाफ पेस गरेका हुन् ।
बिहीबार पठाएको जवाफमा उनले विपक्षीको माग पूरा भयो भने एमाले सत्तापक्ष हुने वा प्रमुख प्रतिपक्षी दल हुने ? भन्ने प्रश्न उठाएका छन् ।
‘नेपालको संविधानले प्रमुख प्रतिपक्षलाई शासन सञ्चालनमा अनिवार्य गरेको छ र प्रमुख विपक्षी दलको नेतालाई विभिन्न संवैधानिक भूमिका प्रदान गरिएको छ, ‘जवाफमा ओलीले भनेका छन्, ‘कथंकदाचित रिट निवेदकहरूले माग गरे बमोजिम श्री शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभयो भने रिट निवेदक मध्येका नेकपा (एमाले) र जनता समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य कुन दलको हुनुहुन्छ ? मैले नेतृत्व गरेको नेकपा (एमाले) सत्तापक्ष हुन्छ कि प्रतिपक्ष ?’