मेलम्ची आयोजनामा काम गर्ने २ चिनियाँ नागरिकको शव फेला-Sutra News

मेलम्ची आयोजनामा काम गर्ने २ चिनियाँ नागरिकको शव फेला

बिहिबार, ३ असार २०७८

बिहिबार, ३ असार २०७८

अविरल वर्षाका कारण मेलम्चीमा आएको बाढीपछि सम्पर्कविहीन बनेका २ जनाको शव फेला परेको छ । फेला परेका दुवै शव चिनियाँ नागरिकको हो ।



मृत्यु हुनेमा ४७ वर्षीय यु ची झु र २२ वर्षीय गोगव तियाङ सियाओ रहेका छन् ।

उनीहरुमध्ये यु ची झुको शव आज बिहान सिन्धुलीको खोलामा र गोगको शव दोभानभन्दा तल भेटिएको बताइएको छ ।

अहिलेसम्म पहिरोमा फसेका आयोजनाका ७८ कामदारलाई उद्धार गरिएको छ भने अझै ६ जना कामदार सम्पर्कविहीन छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट