हतियारसहित जसपाका नेता पक्राउ-Sutra News

हतियारसहित जसपाका नेता पक्राउ

बिहिबार, ३ असार २०७८

बिहिबार, ३ असार २०७८

जनता समाजवादी पार्टी (जसपा) का एक नेता हतियारसहित पक्राउ परेका छन् ।



पक्राउ पर्नेमा  उदयपुरका जिल्ला कमिटी सदस्य परशुराम चौधरी रहेका छन् । ५० वर्षीय चौधरीलाई त्रियुगा नगरपालिका–३ मोतिगढाबाट बिहीबार मध्याह्न पक्राउ गरिएको हो ।

उनले आफ्नी कान्छी श्रीमती श्यामकुमारीको घरमा अवैध हतियार लुकाइराखेको भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलीले उनलाई हतियारसहित पक्राउ गरेको बताइएको छ ।

प्रहरीले उनको घरबाट चौधरीको घरबाट मेडिन यूएस लेखिएको एक थान अटोमेटिक (स्वचालित) पेस्तोल र त्यसमा लाग्ने ५ राउन्ड गोली बरामद गरेको छ ।

घटनाबारे थप अनुसन्धान भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट