प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसाले महाधिवेशनको समयतालिका फेरेको छ । नेपाली काँग्रेसको अधिवेशन आगामी साउन १२ गतेदेखि हुने तय भएको छ ।
बिहीबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले अधिवेशन साउन १२ गतेदेखि गर्ने निर्णय गरेको हो । काँग्रेसले यसअघि साउन ६ गते बाट हुने भनेर घोषणा गरेको थियो ।
महाधिवेशनको मिति तोकिएपनि काँग्रेसले अहिलेसम्म क्रियाशील सदस्यको विवरण जुटाउन भने सकेको छैन । क्रियाशील सदस्यताको विवाद मिलाउन काँग्रेसाले आउने असार २० गतेसम्मको समय दिएको छ ।