रंगभेदी अभिव्यक्ति दिने ‘सामाजिक अभियन्ता’माथि अनुसन्धान शुरू-Sutra News

रंगभेदी अभिव्यक्ति दिने ‘सामाजिक अभियन्ता’माथि अनुसन्धान शुरू

बिहिबार, ३ असार २०७८

बिहिबार, ३ असार २०७८

आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने ज्वाला संग्रौला र उनको समूहमाथि मधेशी आयोगले छानबिन प्रक्रिया अघि बढाएको छ ।



एक ट्राफिक प्रहरीमाथि उनी र उनको समूहले रंगभेदी अभिव्यक्ति दिएको थियो ।

उनीहरूविरुद्ध मधेश आयोगमा औपचारिक उजुरी परेको छ । उजुरीका बारेमा प्रहरीलाई पनि जानकारी दिइसकिएको आयोग स्रोतले बतायो । प्रहरी पनि अनुसन्धान प्रक्रियामा जुटिसकेको छ ।

गत जेठ १२ गते संग्रौला र उनको समूहले प्रहरी कार्यालयमै ट्राफिक प्रहरीका असी मणिकान्त झालाई ‘मधेश गएर खेतीपाती गर’ भनेका थिए ।

त्यो भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

केही दिनअघि झालाई सरुवासमेत गरिएको थियो । संग्रौलाले झालाई त्यतिबेलै सरुवा गरिदिने धम्की दिएकी थिइन् ।

तर झालाई सरुवा गरेको समाचार फेरि भाइरल भएपछि फिर्ता बोलाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट