काठमाडौँ । प्रतिनिधिसभा विघटनको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेसँगै राष्ट्रपतिको कार्यालयले अदालतलाई जवाफ पठाएको छ ।
बिहीबार महान्यायाधिवक्ताको कार्यालयमार्फत राष्ट्रपतिको कार्यालयले जवाफ पठाएको हो ।
संविधानको धारा ७६ को उपधारा (५) बमोजिमका प्रतिनिधि सभामा विश्वासको काँग्रेस सभापति देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीले मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकोले संसद विघटन गरिएको जवाफमा उल्लेख छ ।