राष्ट्रपति भण्डारीको जिकिर – प्रधानमन्त्री बनाउने/नबनाउने अधिकार मैसँग छ-Sutra News

राष्ट्रपति भण्डारीको जिकिर – प्रधानमन्त्री बनाउने/नबनाउने अधिकार मैसँग छ

बिहिबार, ३ असार २०७८

बिहिबार, ३ असार २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ मा बमोजिम प्रधानमन्त्री नियुक्त गर्ने अधिकार राष्ट्रपतिमै रहेको जिकिर गरेकी छन् ।



प्रतिनिधि सभा विघटन मुद्दामा अदालतले जारी गरेको कारण देखाउ आदेशको प्रत्युत्तरमा राष्ट्रपति भण्डारीले संविधानले नै आफूलाई त्यो अधिकार प्रदत्त गरेको जवाफ दिएकी हुन् ।

सर्वोच्च अदालतलाई महान्यायाधिवक्ताको कार्यालयमार्फत १५ बुँदामा जवाफ दिँदै राष्ट्रपति भण्डारीले भनेकी छन् – ‘संविधानको धारा ७६ बमोजिमको प्रधानमन्त्री नियुक्त गर्दा अपनाइने कार्यविधि एवं निर्णयका लागि राष्ट्रपतिबाट नै राष्ट्र परमुख एवं संविधानको पालक र संरक्षकको हैसियतमा निर्णय हुने विषय हो ।’

उनले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न सक्ने आधार तय गर्ने अधिकार र कर्तव्य पनि राष्ट्रपतिकै रहेको जिकिर गरेकी छन् ।

bidya.PNG

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट