मन्त्री बनेका ९ नेता जसपाबाट निष्कासित-Sutra News

मन्त्री बनेका ९ नेता जसपाबाट निष्कासित

बिहिबार, ३ असार २०७८

बिहिबार, ३ असार २०७८

जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षधरले ओली सरकारमा मन्त्री भएका नेताहरूलाई निष्कासन गर्ने निर्णय गरेको छ ।



बिहीवार बसेको कार्यकारिणी बैठकले पार्टीको निर्णयविपरित केपी शर्मा ओलीको सरकारमा सहभागी भएका ९ जना मन्त्रीहरूलाई पार्टीबाट निष्कासन गर्ने भएको हो ।

महन्थ ठाकुर पक्षमा रहेका राजेन्द्र महतोसहित जसपाका मन्त्रीहरूलाई पार्टीबाट निष्कासन गरिने भएको हो ।  

आजै बसेको बैठकले लुम्बिनी प्रदेशका ४ सांसदहरूलाई पुनः स्पष्टिकरण सोध्ने निर्णयसमेत गरेको छ ।

अध्यक्ष उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरासियाका अनुसार पार्टी आधिकारिकताका लागि पुनः निर्वाचन आयोग जाने, चुरे दोहन गर्न नहुने र बाढी पहिरो पीडितलाई उद्दार र राहतका लागि सरकारलाई आग्रह गर्ने थप निर्णय गरेको हो ।

जसपाको केन्द्रीय कार्यकारिणीमा उपेन्द्र यादव पक्षको बहुमत छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट