काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का पार्टी अध्यक्ष उपेन्द्र यादव पक्ष आफ्नो आधिकारिकताको दावी गर्दै फेरी निर्वाचन आयोगमा निवेदन दिने भएको छ ।
बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
केहि दिनअघि जसपाको विवादबारे निर्वाचन आयोगले दिएको निर्णयबारे पार्टीका अध्यक्ष उपेन्द्र यादवले कानुन व्यवसायीहरुसँग छलफल गरेका थिए । उनीहरुले कानुनी उपचारका लागि अदालत जाँदा विभाजन प्रक्रीया लम्बिने भन्दै निर्वाचन आयोग नै जान सुझाव दिएका थिए ।
यसअघि जसपाको महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव दुवै पक्षले एक अर्कालाई कारबाही गरेको भन्दै निर्वाचन आयोगलाई जानकारी गराएका थिए । तर आयोगले दुवै पक्षलाई आधिकारिकता दिएको छैन।