काठमाडौं- फुटबल यस्तो खेल हो, जसमा समयको अति महत्व हुन्छ । एक सेकेण्डको पनि महत्व हुन्छ ।
निर्धारित समया गोल गर्न नसके हारिन्छ । खेल सुरु भएको ९९ सेकेण्डमा नै गोल गरेर डेनमार्कका युसुफ पलसेन चर्चामा आएका छन् ।
युरो कप फुटबलमा उनी दोस्रो सर्वाधिक छिटो गोल गर्ने खेलाडी बनेका छन् । उनले बिहीबार राती बेल्जियमविरुद्ध खेल सुरु भएको ९९ सेकेण्डमै गोल गरेका थिए ।
यसअघि रुसका दिमित्री किरिचेन्कोले सन् २००४ को युरोकपमा खेल सुरु भएको ६७ सेकेण्डमै गोल गरेका थिए । त्यतिबेला घरेलु टोली ग्रिसविरुद्ध किरिचेन्कोले उक्त गोल गरेका थिए ।
सन् २०१६ को युरोकपमा पोल्यान्डका रोबर्ट लेवान्डोस्कीले खेल सुरु भएको एक सय सेकेण्डमा गोल गरेका थिए जुन अब युरो कपमा तेस्रो सर्वाधिक छिटो गोलका रुपमा रहने छ ।