कोपा अमेरिकाः भेनेजुएला र कोलम्बियाले बराबरी खेले-Sutra News

कोपा अमेरिकाः भेनेजुएला र कोलम्बियाले बराबरी खेले

शुक्रबार, ४ असार २०७८

शुक्रबार, ४ असार २०७८

काठमाडौं- कोपा अमेरिकाअन्तर्गत आज बिहान सम्पन्न खेलमा कोलम्बिया भेनेजुएलासँग बराबरीमा रोकिएको छ । स्टेडियो ओलम्पिको पेड्रो लुडोभिकोमा सम्पन्न समूह ’ए’ को खेलमा कोलम्बिया र भेनेजुएलाले गोलरहित बराबरी खेलेका हुन् । खेल आफ्नो नियन्त्रणमा राख्दै पूरा समय भेनेजुएलामाथि दवाब बनाए पनि कोलम्बियाले गोल गर्न भने सकेन ।



खेलको अन्तिम समयमा कोलम्बियाका लुइस डियाज रेड कार्ड खाँदै बाहिरिएका थिए । आफ्नो पहिलो खेलमा इक्वेडरमाथि जित हात पारेको कोलम्बियाको २ खेलबाट ४ अंक पुगेको छ भने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक ब्राजिलसँग पराजित भेनेजुएलाको १ अंकमात्र छ । प्रतियोगितमा ५र५ टिमको दुई समूह बनाइएको छ । दुबै समूहका शीर्ष चार टोलीले प्रतियोगिताको क्वाटरफाइनल खेल्ने छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट