छोरीको बलात्कारपछि हत्या गरेको आरोपमा एक पक्राउ-Sutra News

छोरीको बलात्कारपछि हत्या गरेको आरोपमा एक पक्राउ

शुक्रबार, ४ असार २०७८

शुक्रबार, ४ असार २०७८

कैलाली- १० वर्षीया छोरीको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एकजना ५१ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । प्रहरीकाअनुसार लम्किचुहा नगरपालिका-२ की १० वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा उनका ५१ वर्षीय बुवा पक्राउ परेका हुन् ।



जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार जेठ २७ गते दिउँसो घरमै मृत फेला परेकी ती बालिकाको दाहसंस्कार गर्ने तयारी गरिरहेको भन्ने सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय लम्किबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट शव बरामद गरेको थियो ।

‘सेती प्रादेशिक अस्पतालमा शव पोस्टमार्टमका लागि पठाएको र घटना शंकास्पद देखिएकोले विभिन्न व्यक्तिहरूसँग सोधपुछ तथा अनुसन्धान गर्ने क्रममा उनकै बुवाले बलात्कारपछि हत्या गरेको खुलेको छ,’विष्टले भने । 

अहिले यो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट