काठमाडौं- आज पनि नदी तथा खोलामा बाढी आउने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले शुक्रबार बिहान जारी गरेको बुलेटिनअनुसार आज प्रदेश १, २, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मध्यपहाडी, तराई र चुरे क्षेत्रका साना नदीमा बहाव बढ्दो हुने सम्भावना छ ।
यस क्रममा ‘केहीमा आकस्मिक बहाव भई सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले साना नदी तटीय क्षेत्रमा सतर्कता अपनानाउन’ महाशाखाले अनुरोध गरेको छ ।
बाढी र पहिरोका कारण केही दिनदेखि देशका विभिन्न भागमा जनधनको क्षति पुगेको छ ।
असार ०४,
आज प्रदेश १,२,गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशको मध्यपहाडी,तराई र चुरेको भूभाग भई बहने साना नदीमा बहाव बढ्दो हुने र केहिमा आकस्मिक वहाव (Flash Flood) भई सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेकोले साना नदी तटिय क्षेत्रमा सतर्कता अपनाऔ। pic.twitter.com/qF2lZdiMRB— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) June 18, 2021