राहतसहित मेलम्ची पुगेका कलाकार कट्टेलले भने- क्षतविक्षत भएका कारुणिक दृश्यहरुले मन रोयो-Sutra News

राहतसहित मेलम्ची पुगेका कलाकार कट्टेलले भने- क्षतविक्षत भएका कारुणिक दृश्यहरुले मन रोयो

शुक्रबार, ४ असार २०७८

शुक्रबार, ४ असार २०७८

अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट प्रभावित भएका मानिसहरुलाई सहयोग गर्नका लागि चर्चित हास्य कलाकार कुमार कट्टेल ‘जिग्री’को समूह सिन्धुपाल्चोकको मेलम्ची पुगेका छन् ।



उनले बाढीबाट प्रभावित भएका मानिसहरुलाई देखेर आफ्नो मन रोएको बताए । बाढीपिडितलाई राहत दिनका लागि त्यहाँ पुगेका कट्टेल लेख्छन, ‘बाढीले क्षतविक्षत भएका कारुणिक दृश्यहरुले मन रोयो ।’

उनले ३० बोरा चामल, ३४ वटा ब्याङ्केट, १ बोरा दाल, ५० किलो नुन लगायत राहत सामाग्री सहित सिन्धुपाल्चोक पुगेका कट्टेलले उक्त राहत सामाग्री पीडितलाई खाना खुवाउने अभियान संचालन गरिरहेका टिम नेपाललाई प्रदान गरेको बताएका छन् ।

त्यस्तै उनले बाढीबाट प्रभावित भएका अन्य मानिसहरुलाई पनि सहयोग गर्न जाने बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट