गण्डकी प्रदेश सभाको बैठक सुरु, मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिँदै-Sutra News

गण्डकी प्रदेश सभाको बैठक सुरु, मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिँदै

शुक्रबार, ४ असार २०७८

शुक्रबार, ४ असार २०७८

गण्डकी प्रदेशमा प्रदेश सभाको बैठक सुरु भएको छ । नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिँदै छन् । पोखरेल गत जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।



संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । मुख्यमन्त्री पोखरेललाई काँग्रेससहित, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एक जना स्वतन्त्रसहित ३१ जना सांसदको समर्थन छ ।

विपक्षमा एमालेका २७ सांसद रहेका छन् । जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त भएसँगै प्रदेशसभा ५९ सदस्यीय बनेको छ । जसका कारण सत्तापक्षलाई बहुमत पुर्‍याउन केही सहज हुने पक्का छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट