‘म केही गर्छु’ शीर्षकमा सर्ट फिल्म प्रतियोगिता हुँदै, कसरी सहभागी हुने ?-Sutra News

‘म केही गर्छु’ शीर्षकमा सर्ट फिल्म प्रतियोगिता हुँदै, कसरी सहभागी हुने ?

शुक्रबार, ४ असार २०७८

शुक्रबार, ४ असार २०७८

राष्ट्रिय युवा संघ नेपालले ‘एनवाइएफ सर्ट फिल्म प्रतियोगिता २०७८’ आयोजना गर्ने भएको छ ।



शुक्रबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय युवा संघ नेपालले फिल्म प्रतियोगिता आयोजना गर्ने निर्णय सार्वजनिक गरेको हो ।

उक्त प्रतियोगितामा सहभागी हुन उद्यमशीलता र रोजगार, पर्यटन, कृषि तथा उद्योग, राजनीति र सुशासन, शिक्षा, स्वास्थ्य, खेलकुद, लैंगिक समानता र विविधता, कला संस्कृति र मनोरञ्जन लगायत बिषयमा केन्द्रित रहेर बढीमा ५ मिनेट सम्मको फिल्म बनाएर आयोजकलाई पठाउनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

‘एनवाइएफ सर्ट फिल्म प्रतियोगिता २०७८’ मा पहिलो हुने फिल्मले २ लाख ५० हजार, दोस्रो हुने फिल्मले १ लाख ५० हजार र तेस्रो हुने फिल्मले १ लाख रुपैंया जित्न सक्ने आयोजकले जनाएको छ ।

हेर्नुहोस् विज्ञप्ति:

प्रेस विज्ञप्ति
विषय ः एनवाईएफ सर्ट फिल्म कम्पिटिसन
अहिलेको समयलाई सूचना प्रविधिको युग भनिन्छ अनि यी दुवैको प्रयोग हुने उत्तम माध्यम भनेको सिनेमा । हजारौं शब्दले भन्नुपर्ने कुरालाई सिनेमाले सेकेन्डभरको एक दृश्यले अभिव्यक्त गर्छ । सिनेमाको यही सामथ्र्थलाई सम्मान गर्दै राष्ट्रिय युवा संघ नेपालले बृहत सहभागिताको अपेक्षासहित ‘म केही गर्छु’ शीर्षकमा लघु फिल्म प्रतियोगिता आयोजना गर्न गइरहेको जानकारी गराउन चाहान्छौँ । प्रतियोगिता ल्थ्ँ क्ज्इच्त् ँक्ष्ीः ऋइःएभ्त्त्क्ष्इल्(द्दण्ठड नाममा सञ्चालन हुनेछ । लकडाउनका कारण घरबाट बाहिर निस्कन नपाएका युवाह?को समय सदुपयोग तथा प्रोडक्टिभ इंगेजमेन्टसँगै युवाको प्रतिभा पहिचान,प्रस्फुटन तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित हुन लागेको यो प्रतियोगितामा जोकोही नेपालीले पनि सहभागिता जनाउन सक्नेछन् ।
युवाह?को नवीन सोच र श्रृजनशीलतालाई राष्ट्रनिर्माणका अभियानमा जोड्ने सन्दर्भ सामाग्री निर्माणको सोच सहित हुन लागेको यो प्रतियोगितामा इच्छुक फिल्मकर्मीले उद्यमशीलता र रोजगार, पर्यटन, कृषि तथा उद्योग, राजनीति र सुशासन, शिक्षा, स्वास्थ्य, खेलकुद, लैंगिक समानता र विविधता, कला संस्कृति र मनोरञ्जन आदि विषयमा केन्द्रित रही बढीमा ५ मिनेटसम्मको फिल्म बनाउनुपर्नेछ । प्रतियोगितामा सहभागी हुन चाहाने फिल्मकर्मीले सर्वप्रथम ‘म केही गर्छु’ भन्ने विषयमा केन्द्रित रही स्क्रिप्ट बुझाउनु पर्नेछ र सहभागीले असार २५ सम्ममा स्क्रिप्ट हाम्रो ठेगाना ९यााष्अभ।लथालभउब२िनmबष्।िअयm०मा पठाइसक्नुपर्नेछ । यसरी सहभागिताका लागि आएका स्क्रिप्टलाई विज्ञ समूहले अध्ययन गरी आवश्यक परामर्श तथा सुझाव दिनेछ । यो प्रक्रियाबाट बनेका फिल्मह? मध्ये उत्कृष्ट तीन फिल्मलाई हामीले पुरस्कारको व्यवस्था गरेका छौँ । जसअनुसार पहिलो हुने फिल्मले २ लाख ५० हजार, दोस्रो हुने फिल्मले १ लाख ५० हजार र तेस्रो हुने फिल्मले १ लाख ?पैंया प्राप्त गर्नेछन् ।
राष्ट्रिय युवा संघ नेपाल मुख्य आयोजक रहेको यो प्रतियोगिताको नेपाल फिल्म एकेडेमी सहआयोजक रहेको छ भने नेसनल युथ काउन्सिलले प्रवद्र्धन गर्नेछ । त्यसैगरी प्रतियोगितालाई चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड, अफरिङ ह्याप्पीनेस र प्रमोटर्स नेपालको सहयोग रहनेछ । आवेदन तथा प्रतियोगिता सम्बन्धी विस्तृत जानकारी यहाँह?ले ९८६०००६२२७ मा फोन गरेर पनि लिन सक्नुहुनेछ ।
कोभिड (१९ को विश्वब्यापी माहामारीको रोकथाम तथा नियन्त्रणका सन्धर्भमा राष्ट्रिय युवा संघ नेपालले सु?वाती चरणदेखिनै आफ्नो स्व्यंसेवी भूमिका प्रभाबकारी ?पमा संचालन गरिरहेको जानकारी गराउन चाहन्छौ । अहिलेको यस मुख्य दायित्वका आलावा आम युवासरोकार र चासोका बिषयह? पनि सम्बोधन गर्ने उदेश्य प्रति हाम्रो संगठन कृयाशिल रहिआएको छ ।

किरण पौडेल
अध्यक्ष
राष्ट्रिय युवा संघ नेपाल

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट