काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट प्रभावित बनेका सिन्धुपाल्चोकका जनताहरुलाई राहत वितरण गर्नका लागि नेकपा एमालेको माधव समुहको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन हेलम्बु गएको छ ।
उनीहरुले स्वास्थ्यसहित चामल, चिउरा, दालमोठ, कम्बल, त्रिपाल, चाउचाउ, बिस्कुट लगायतको सामग्री लिएर बाढी प्रभावित ठाउँमा पुगेको आरती लामाले जानकारी दिइन ।
एमालेका नेता माधवकुमार नेपालले बाढी पहिरोबाट धेरै प्रभावित भएका मानिसहरुलाई पहिचान गरेर राहत वितरण गर्नका लागि उनले निर्देशन दिएका छन् ।
हेलम्बु गाउँपालिकामा उनीहरुले १० लाख रकम बराबरको सहयोग गर्ने बताइएको छ ।