काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव तथा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई पक्ष आज निर्वाचन आयोग जाने भएका छन् ।
पार्टीको आधिकारिकता दाबी गर्न केहीबेरमा आयोग जान लागेको एक नेताले सुत्रन्युजलाई जानकारी दिए ।
हिजो बसेको बैठकले बहुमतसहित आधिकारिकता लागि आयोग जाने निर्णय गरेसँगै उपेन्द्र–बाबुराम पक्ष दफा ४३–४४ अनुसार आधिकारिकता दाबी गर्न आयोग जान लागेका हुन् ।