इरानमा राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदै, हत्याको आरोप लागेका नेताको उम्मेदवारी-Sutra News

इरानमा राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदै, हत्याको आरोप लागेका नेताको उम्मेदवारी

शुक्रबार, ४ असार २०७८

शुक्रबार, ४ असार २०७८

इरानको राष्ट्रपतिका लागि आज मतदान भइरहेको छ । इरानको राष्ट्रपतिमा यस पटक चार जनाले उम्मेदवारी दिएका छन् ।



राष्ट्रपतिका प्रभावशाली उम्मेदवार राइसीले दक्षिणी तेहरानको मस्जिदमा मतदान गरेका छन् भने सर्वोच्च नेता खामेनीले राजधानी तेहरानमा मतदान गरेका छन् ।

इरानका सर्वोच्च नेता आयातोल्लाह खामेनीले कट्टरपन्थी उम्मेदवार इब्राहिम राइसीलाई समर्थन गरेका छन् ।

राइसीमाथि सन् १९८८ मा बन्दीहरुको सामूहिक हत्याको आरोप छ । साथै राइसीले इरानी न्यायपालिकाको नेतृत्व सम्हालेको अवधिमा इरानमा सबैभन्दा बढीलाई मृत्युदण्ड दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट