गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी सरकारले शासकीय क्षमता र सिस्टम भत्काउन खोजे डटेर प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।
प्रदेश सभामा मुख्यमन्त्री पोखरेलले विश्वासको मत मागेपछि शुक्रवारको छलफलमा निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यस्तो बताएका हुन् ।
‘गण्डकी प्रदेशलाई प्रतिपक्षमा बसेर सहयोग गर्छौं तर शासकीय क्षमता र सिस्टम भत्काउन खोजे हेरेर बस्दैनौं ।’ उनले भने ।