गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफु अर्को सरकारलाई मार्गप्रशस्त गरिदिएको भन्दै आफु दुनियाँकै मूर्ख मुख्यमन्त्री भएको उल्लेख गरेका छन् ।
प्रदेश सभामा मुख्यमन्त्री पोखरेलले विश्वासको मत मागेपछि शुक्रवारको छलफलमा निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यस्तो बताएका हुन् ।
‘मैले अर्को सरकारलाई सजिलो बनाइदिएको छु यसले जनतामा पनि एउटा राम्रो सन्देश गएको छ,’ उनले भने ‘म यो दुनियाँकै मूर्ख मुख्यमन्त्री हो जसले विपक्षी दलहरुलाई ठुलो ठाउँ खोलिदिएको छु ।’