ललितपुरको नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरमा उपचारका क्रममा श्रीमानको मृत्यु भएपछि पत्नीले अस्पतालमै आत्महत्या गरेकी छन् ।
पतिको उपचारको क्रममा बिहीबार राति मृत्यु भएपछि अस्पतालकै बाथरुमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
उनको पतिलाई गत जेठ १९ गते पोखरास्थित मणिपाल अस्पतालले काठमाडौं रिफर गरेको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।