जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव पक्षका नेताहरु पार्टीको वैधानिकता दावी गर्दै निर्वाचन आयोग पुगेका छन् ।
हिजो बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले वैधानिकता दावी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेपछि उनीहरु आयोग पुगेका हुन् ।
जसपाका उपेन्द्र–बाबुराम पक्ष दफा ४३–४४ अनुसार आधिकारिकता दाबी गर्न आयोग गएका हुन् ।
दुवै पक्षले एक अर्कालाई कारवाही गरेर पार्टीबाट निकालेपनि निर्वाचन आयोगले मान्यता नदिएपछि उपेन्द्र यादव पक्षले पार्टीकै आधिकारिकताका लागि निर्वाचन आयोग जाने निर्णय गरेको हो ।