गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले विश्वासको मत प्राप्त गरेका छन् ।
आज भएको मतदानमा उनको पक्षमा ३१ मत परेको थियो भने उनको विपक्षमा जम्मा २७ मत परेको थियो ।
मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्री पोखरेलले प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका हुन् ।
उनी एक स्वतन्त्र सांसद र चार दलको गठबन्धनबाट जेठ २९ मा संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।