बाढी पीडितहरुलाई उद्धार र राहतको व्यवस्था मिलाउन मानव अधिकार आयोगको आग्रह-Sutra News

बाढी पीडितहरुलाई उद्धार र राहतको व्यवस्था मिलाउन मानव अधिकार आयोगको आग्रह

शुक्रबार, ४ असार २०७८

शुक्रबार, ४ असार २०७८

राष्ट्रिय मानव अधिकार आयोगले अविरल वर्षाका कारण आएको बाढी, पहिरो तथा डुबान पीडितहरुको उद्धार, राहत, स्वास्थ्योपचार तथा बसोबासको व्यवस्था मिलाउन आग्रह गरेको छ ।



आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै बाढी, पहिरो तथा डुबान पीडितहरुको उद्धार, राहत, स्वास्थ्योपचार तथा बसोबासको व्यवस्था मिलाउन आग्रह गरेको हो ।

‘सिन्धुपाल्चोकको हेलम्बुमा मंगलबार बेलुका आएको बाढी र पहिरोमा परी चार जना बेपत्ता भएको, सिन्धुपाल्चोकको हेलम्बु, मेलम्ची बजार क्षेत्रका करिब ४ वटा पुलहरु बगाउँदा यातायात सम्पर्क विच्छेद भएको अनुगमनको क्रममा बुझिएको छ । त्‍यसैगरी  म्याग्दी, बागलुङ, पाल्पा, गोरखा लगायतका जिल्लाहरुमा बाढी पहिरोका कारण यातायात अबरुद्ध भएको, पर्वत, लमजुङ, मनाङ, नवलपरासी लगायतका जिल्लामा सयौं परिवार बाढी, पहिरो र डुबानको जोखिममा रहेको आयोगलाई जानकारी प्राप्त भएको छ ।’  आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ , ‘ अतः यस विपद्को घडीमा मानवीय सहयोगको उच्चतम भावनाका साथ उद्धार, राहत तथा पुनस्र्थापनाका लागि जुट्न आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।

हेर्नुहोस् विज्ञप्ति:

manaw adhikar.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट