गिट्टी, बालुवा बेच्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश-Sutra News

गिट्टी, बालुवा बेच्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

शुक्रबार, ४ असार २०७८

शुक्रबार, ४ असार २०७८

काठमाडौँ । चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।



बालुवा ढुंगा निकासी गर्ने निर्णय विरुद्ध परेको रिट सुनुवाइका लागि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा न्यायाधीश दीपक कार्की, मीरा खडका, हरिकृष्ण कार्की र विश्वम्भर प्रसाद श्रेष्ठ सम्मिलित इजलास गठन भएको थियो ।

चुरे दोहन रोक्न माग गर्दै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र डा. खतिवडा सहित ७ जनाले रिट दर्ता गराएका थिए ।

सरकारले बजेटमार्फत चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय गरेपछि उक्त निर्णय विरुद्ध अहिले चौतर्फी विरोध भइरहेको छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट