गृहमन्त्रीसहित ३ सुरक्षा निकायका प्रमुख र राष्ट्रपतिबीच शितल निवासमा भेटवार्ता-Sutra News

गृहमन्त्रीसहित ३ सुरक्षा निकायका प्रमुख र राष्ट्रपतिबीच शितल निवासमा भेटवार्ता

शुक्रबार, ४ असार २०७८

शुक्रबार, ४ असार २०७८

काठमाडौँ । तीनवटा सुरक्षा निकायका प्रमुखसहित  गृहमन्त्री खगराज अधिकारीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् ।



प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी र गृहमन्त्री खगराज अधिकारीलाई राष्ट्रपतिले नै भेट्न बोलाएपछि उनीहरु शीतल निवास पुगेका हुन् ।

भेटमा अविरल वर्षाका कारण आएको बाढीपहिरोको क्षति र जोखिम न्युनीकरणका लागी भएको प्रयासबारे छलफल भएको बताइएको छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट