बालबालिकामा पनि देखियो ‘ब्ल्याक फंगल’ संक्रमण-Sutra News

बालबालिकामा पनि देखियो ‘ब्ल्याक फंगल’ संक्रमण

शुक्रबार, ४ असार २०७८

शुक्रबार, ४ असार २०७८

नयाँ दिल्ली- मुम्बईमा एक डर लाग्दो घटना सार्वजनिक भएको छ । कोरोना भाइरस संक्रमणमुक्त भएका तीन बालकमा ब्ल्याक फंगल संक्रमण भएर उनीहरुको आँखा नै निकाल्नु परेको एक मिडिया रिर्पोटले दाबी गरेको छ ।



यी तीन बालक मुम्बईका फरक– फरक निजी अस्पतालमा भर्ना भएका थिए । यी बच्चाहरुको उमेर क्रमस ४, ६ र १४ रहेको छ । यी मध्ये ४ र ६ वर्षका बालकमा मधुमेहका कुनै पनि लक्षण थिएनन् ।

ब्ल्याक फंगलको जोखिम सबैभन्दा बढि मधुमेहका बिरामीमा रहेको स्वास्थ्यविज्ञको भनाई छ । यो बाहेक अर्को १६ वर्षको बालकमा पनि कोरोना संक्रमणमुक्त भएपछि ब्ल्याक फंगलको संक्रमण देखिएको छ । उक्त फंगस उनको पेटमा पाइएको थियो ।

१४ वर्षकी बालिका गम्भिर अवस्थामा अस्पतालमा उपचारत रहेकी छिन् । मुम्बईको एक निजी अस्पतालकी डा.जेसल सेठकाअनुसार यो वर्ष ब्ल्याक फंगलका दुईवटा केस उनीकहाँ आएका थिए । दुईवटै केस नाबालिकका थिए । १४ वर्षकी बालिकामा मधुमेहको समस्या थियो । हाल उनको अवस्था गम्भिर भएपनि उपचार भइरहेको छ ।

अस्पताल भर्ना भएको ४८ घण्टाभित्र नै उक्त बालिकामा ब्ल्याक फंगलको लक्षण देखिएको थियो । ब्ल्याक फंगल संक्रमणपछि बालिकाको आँखा कालो हुँदै गयो नभन्दै फंगस नाकसम्म पुग्यो । उनलाई अस्पतालमा ६ हप्तासम्म उपचार गरिएको थियो । तर पछि समय बित्दै जाँदा बालिकाको ज्यान बचाउनको लागि उनको आँखा नै झिक्नु परेको डा.सेठले जनाएकी छिन् ।

डा.सेठकाअनुसार एक १६ बर्षीय बालिकामा मधुमेह कुनै लक्षण थिएन् । तर कोरोना संक्रमणमुृक्त भएपछि उनको स्वास्थ्यमा समस्या देखियो । ब्ल्याक फंगस उनको पेटसम्म पुगिसकेको थियो । उपचार पश्चात उनको स्वास्थ्यमा सुधार भएको छ ।

त्यस्तै ४ र ६ वर्षीय बालकको अर्को निजी अस्पतालमा उपचार भएको थियो । अस्पतालकाअनुसार ती बच्चाको आँखा ननिकालेको भए उनीहरुको ज्यान जोगाउनै समस्या हुने थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट