काठमाडौं- दाङस्थित देउखुरीमा सर्पको डसाइबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका–७ विजयपुरका चेतबहादुर बोहोराकी १२ वर्षीया छोरी रेश्मा बोहोरा छिन् ।
आज बिहान करिब साढे ७ बजे गोठमा पराल लिन गएका बेला गोमन सर्पले बालिकालाई डसेपछि गढवास्थित सर्पदंश उपचार केन्द्रमा उपचारार्थ भर्ना गरिएको र सो केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि लमहीस्थित अस्पतालमा ल्याइएलगत्तै चिकित्सकले मृत घोषणा गरेको बालिकाकी आमा सरिताले जानकारी दिइन् ।