काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशनको संशोधित कार्यतालिका अनुमोदन गरेको छ ।
पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा पार्टीको महाधिवेशन गर्ने गरी संशोधित कार्यतालिका अनुमोदन गरेको हो ।
संशोधित कार्यतालिकाअनुसार साउन १२ गते वडा, साउन १६ गते गाउँनगर र साउन २० गते प्रदेश क्षेत्रीय अधिवेशन गर्नेछ ।
यस्तै, एक मात्र प्रतिनिधिसभा रहेको जिल्लाको क्षेत्रीय अधिवेशन २३ गते, दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते गर्ने संशोधित निर्वाचन कार्यतालिका अनुमोदन गरेको हो ।
बैठकले असार मसान्तभित्र क्रियाशिल सदस्यता टुङ्गो लगाउन क्रियाशिल सदस्यता छानविन समितिलाई निर्देशन दिएको छ ।