अफगान सेनाले फेरि मार्यो १० तालिबानी लडाकू-Sutra News

अफगान सेनाले फेरि मार्यो १० तालिबानी लडाकू

शुक्रबार, ४ असार २०७८

शुक्रबार, ४ असार २०७८

काबुल- अफगान सेनाले गरेको कारबाहीमा राजधानी काबुल नजिक दश जना तालिबानी लडाकू मारिएका छन् । अफगान सेनाले कारबाहीमा अरु छ जना लडाकू घाइते भएको पुष्टि गरेको छ ।



राजधानी काबुलबाट ३५ किलोमिटर पश्चिमको वार्डाक प्रान्तमा लुकेर बसेका तालिबानी लडाकूलाई लक्षित गरी बिहीबार बेलुका कारबाही गरिएको सेनाले जनाएको छ ।

सेनाले प्रकाशन गरेको विज्ञप्तिमा वार्डुक प्रान्तको निर्ख जिल्लामा भेला हुन थालेका तालिबानी लडाकूलाई लक्षित गरी सेनाले आक्रमण गरेको उल्लेख छ । गत मे महिनामा भिषण संघर्षपछि निर्ख र त्यसको छिमेकी जलरेज जिल्लालाई तालिबान समूहले नियन्त्रणमा लिएका थिए ।

तालिबान समूहले पछिल्लो भिडन्तका बारेमा केही बताएका छैनन् । संयुक्तराज्य अमेरिका र नेटोका सेनाहरु अफगानिस्तानबाट फिर्ता हुँदै गर्दा देशका विभिन्न भागमा हिंसात्मक घटनाहरु बढ्दै गएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट