‘नो भ्याक्सिन, नो ट्याक्स’ भन्दै युवाहरूको प्रदर्शन-Sutra News

‘नो भ्याक्सिन, नो ट्याक्स’ भन्दै युवाहरूको प्रदर्शन

शुक्रबार, ४ असार २०७८

शुक्रबार, ४ असार २०७८

बुटवल/ नवलपरासी युवा समाजले कोरोनाको भ्याक्सिन उपलब्ध नगराएसम्म कर नतिर्ने भन्दै प्रदर्शन गरेको छ ।



शुक्रवार परासीको बुद्धचोकमा ‘नो भ्याक्सिन, नो ट्याक्स’ लेखिएको टिसर्ट लगाएर युवाहरूले प्रदर्शन गरेका हुन् ।

सबै नेपालीलाई चाँडो भन्दा चाँडो कोरोनाको भ्याक्सिन दिनुपर्ने, लकडाउन अवधिको सबै प्रकारका कर र बैंकको ब्याज तथा बिजुलीको बिल र रूम भाडा माफ हुनुपर्ने, गरीब तथा विपन्न परिवारलाई चाँडो भन्दा चाँडो राहत सामग्री दिनुपर्ने माग राख्दै युवाहरूले प्रदर्शन गरेका हुन् ।

सूत्र न्यूजसँग कुरा गर्दै युवा समाजका अध्यक्ष धर्मेन्द्र गिरीले अब ७७ वटै जिल्लाका युवाहरूले यस्तो अभियान चलाउने र प्रदर्शन गर्ने चेतावनी दिएका छन् ।

yuba.jpg

 

yuba2.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट