घर फर्किए जोशी, कहाँ गएका थिए ?-Sutra News

घर फर्किए जोशी, कहाँ गएका थिए ?

शुक्रबार, ४ असार २०७८

शुक्रबार, ४ असार २०७८

काठमाडौं- वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी दशौँ दिनमा अस्पतालबाट घर फर्किएका छन् । उनलाई श्वासप्रश्वास, छाति,मुटुका चालमा समस्या तथा रक्तचापमा समेत कमी देखिएपछि ग्वार्कोस्थित किष्ट शिक्षण अस्पतालमा गत जेठ २६ गते भर्ना गरी उपचार शुरुआत गरिएको थियो ।



उनको स्वास्थ्यमा पूर्ण सुधार भएपछि आज दिउँसो घर पठाइएको अस्पतालका निर्देशक सुरज बज्राचार्यले जानकारी दिए । उनले भने, ‘शताब्दी पुरुषका छातिमा समस्या देखिएपछि हामीले अस्पतालमा भर्ना गरेका थियौँ । उहाँमा कोरोना सङक्रमणको पनि परीक्षण भयो । सङ्क्रमण देखिएन । रक्तचाप नियन्त्रणमा आएको छ । क्षयरोगको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।’

लामो उमेरका कारण निमोनियाले असर गर्ला भनी नौ दिन अस्पतालमा राखेर दशौँ दिनमा घर पठाएको निर्देश बज्राचार्यले जानकारी गराए । उनले एकहप्तापछि फलोअपका लागि शताब्दी पुरुषलाई चिकित्सकले स्वास्थ्य जाँच गर्नेछन् ।

अस्पतालले केही समय पहिले शताब्दी पुरुष जोशी र उनकी धर्मपत्नी राधादेवीको आजीवन निः शुल्क उपचार गर्ने प्रतिवद्धता जनाएको थियो । नेपाली भाषा, कला, संस्कृतिको संरक्षणमा विशेष योगदान दिँदै आएका शताब्दी पुरुष जोशी गत वैशाख ३० गतदेखि १०१ वर्ष पुरा गरी १०२ वर्षमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट