काठमाडौं- समूहको आफ्नो दोस्रो खेलमा स्विडेनले शुक्रबार साँझ स्लोभाकियालाई १-० गोलले हराएको छ । स्विडेनका एमिल फोर्सबर्गले ७७ औँ मिनेटमा प्राप्त पेनाल्टी प्रहारको अवसर सदुपयोग गरेका थिए ।
समूहमा स्विडेन दुई खेलबाट चार अंक जोडेर शीर्षस्थानमा छ । दुई खेल खेलेको स्लोभाकियाको तीन तथा एक खेल खेलेको स्पेनको एक अंक छ ।
एक खेल खेलेको पोल्यान्डले खाता खोल्न सकेको छैन । स्विडेनले पहिलो खेलमा स्पेनसँग गोलरहित बराबरी खेलेको थियो ।
प्रतियोगिताअन्तर्गत शुक्रबार हुने अन्य खेलमा क्रोएसियाले चेक गणतन्त्र र इङ्ल्यान्डले स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्ने छ ।