सर्लाहीमा टिपरको ठक्करबाट एक पत्रकारको मृत्यु-Sutra News

सर्लाहीमा टिपरको ठक्करबाट एक पत्रकारको मृत्यु

शनिबार, ५ असार २०७८

शनिबार, ५ असार २०७८

सर्लाहीमा टिपरको ठक्करबाट एक पत्रकारको निधन भएको छ । 



मृत्यु हुनेमा महोत्तरीस्थित जुनतारा एफएममा कार्यरत पत्रकार अर्जुन कुशवाहा महतो रहेका छन् ।

हरिपुर्वा नगरपालिका वडा नम्बर ८ स्थित वसन्तपुर मुखिया चोकमा हरिपुर्वा तर्फ जाँदै गरेको टिपरले विपरीत दिशा तर्फबाट आउँदै गरेको ज ७ प ९०४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको बताइएको छ ।

टिपर चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट