उद्घाटन भएको ५ महीना नपुग्दै बाढीले बगायो यो प्रहरी चौकी-Sutra News

उद्घाटन भएको ५ महीना नपुग्दै बाढीले बगायो यो प्रहरी चौकी

शनिबार, ५ असार २०७८

शनिबार, ५ असार २०७८

सिन्धुपाल्चोकको हेलम्बुमा रहेको इलाका प्रहरी कार्यालयको उद्घाटन भएको ५ महीना नहुँदै बाढीले बगाएको छ ।



अविरल वर्षाका कारण आएको बाढीपहिरोले कटान गर्दा प्रहरी कार्यालयको भवन बगाएको हो ।

प्रहरीको साढे २ तले पक्की भवन ढलेको बागमती प्रदेशका एक प्रहरी अधिकारीले बताए ।

प्रहरी चौकी पाँच महीनाअघि उद्घाटन भएको थियो । भवन निर्माणका लागि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ३ करोड १७ लाख ६९ हजार रुपैयाँ बजेट दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट