डब्ल्यूएचओ प्रमुख टेड्रोसले गरे नेपाली स्वास्थ्यकर्मीको प्रशंसा, के भने ?-Sutra News

डब्ल्यूएचओ प्रमुख टेड्रोसले गरे नेपाली स्वास्थ्यकर्मीको प्रशंसा, के भने ?

शनिबार, ५ असार २०७८

शनिबार, ५ असार २०७८

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसले नेपालका स्वास्थाकर्मीको प्रशंसा गरेका छन् ।



उनले मुस्ताङमा स्वास्थ्यकर्मीले कोरोनाविरुद्धको खोप खोला तारिरहेको भिडिओ ट्विट गर्दै प्रशंसा गरेका हुन् ।

‘जीवनलाई बचाउन स्वास्थ्यकर्मीले कति प्रयत्न गर्छन् भन्ने दृश्य हो यो । विभिन्न ठाउँमा यी नायकहरुलाई अहिलेसम्म खोप नलगाइनू के निश्पक्ष छ त ?’ उनले लेखेका छन् ।

असार १ गते मुस्ताङको छापताङ् खोला बढेपछि स्वास्थ्यकर्मीले पाइपको सहारले ‘भ्याक्सिन क्यारिअर’ तारेका थिए। 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट