एमालेका वरिष्ठ नेता खनालको स्वास्थ्यमा सुधार-Sutra News

एमालेका वरिष्ठ नेता खनालको स्वास्थ्यमा सुधार

शनिबार, ५ असार २०७८

शनिबार, ५ असार २०७८

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा सुधार आएको छ ।



एमाले नेता सुरेन्द्र पाण्डेले खनालको स्वास्थ्यमा सुधार आएको जानकारी दिएका हुन् । ‘लगातार आइरहेको ज्वरो रोकिएको छ । स्वास्थ्य स्थितिमा सुधार भैरहेको जानकारी प्राप्त भएको छ, डाक्टरको उच्च निगरानीमा राखेर उपचार भइरहेको छ,’पाण्डेले भने । 

नेता खनालको दिल्लीको एपोलो अस्पतालमा उपचार भइरहेको छ । गएको जेठ ३१ गते स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पतालमा उपचार गराइरहेका खनाललाई गएको बुधवार दिल्ली लगिएको हो ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट